१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शुद्धोधन गाउँपालिकामा ५ ऐन पारित



मणि प्रसाद गैह्रे, कपिलवस्तु ।
शुद्धोधन गाउंपालिका लवनी कपिलवस्ुतले ५ वटा विभिन्न ऐनहरु पारीत गरेको छ । लवनीमा सम्पन्न दोस्रो गाउंसभा वाट उक्त ऐनहरु सर्वसम्मती रुपमा पारित भएका हुन् । पारित ऐनमा शिक्षा ऐन २०७५, प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७५, स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधि २०७५,द न्याय समित कार्यविध २०७५ र एकिकृत सम्पत्ती कर व्यवस्थापन कार्यविधि २०७५ पारीत गरेको छ ।
गाउंपालिकाका अध्यक्ष निसार अहमद खांद्धारा प्रस्तुत गरिएको उक्त ऐनहरु सर्वसम्मती वाट पारित भएका थिए । गाउंपालिकाका परिषद वाट पारित योजनाहरु मध्ये ७० प्रतिशत योजना सम्पन्न भएको र अन्य कामहरु सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।
कार्यक्रममा वोल्दै सांसद अतहर कमालले गाउंपालिका आर्थिक विकासको लक्ष्य पुरा गर्न लागेको हुंदा अव गाउंपालिकाले सामाजिक विकास तर्फका कामहरु गरि शिक्षित गाउंपालिका र न्यायिक गाउंपालिका वनाउन पर्ने वताउनुभयो ।
महिला, शिक्षा तथा सामाजिक विकासको लागि गाउंपालिका, प्रदेश सभा सदस्य र प्रतिनिधी सभा सदस्य मिलेर एकिकृत रुपमा कार्यक्रमहरु लैजानको लागी गाउंपालिकाले नेत्तृत्व लिनु पर्ने वताउनुभयो ।
त्यस्तै भारतका लागी पुर्व राजदुत दिपकुमार उपाध्यायले स्थानीय जनप्रतिनिधीहरुले जनताको दुःख र मर्म वुझेर पुर्वाग्राही नराखी काम गरेमा राम्रो नतिजा दिन सकनिे स्पष्ट पार्नु भयो । त्यसको लागी आवश्यकतामा आधारीत योजना छनौट गरी वस्ती तह सम्म काम गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोख्रेललले स्थानीय तहका पदाधीकारीहरुले निति निर्माण गरी संरक्षकको भुमीकामा बसी विकास गर्नुपर्ने जनाउनुभयो । योजना तथा गाउंपालिका संचालनका कार्य सम्पन्न गर्न कर्मचारीहरु सक्षम रहेको समेत पोख्रेलले वताउनुभयो ।
गाउंपालिकाका अध्यक्ष निसार अहमद खांको अध्यक्षता उपाध्यक्ष सुधादेवी पाण्डेयको स्वगत र नायव सुब्बा इश्वरी प्रसाद न्यौपानेको संचालनमा दोस्रो गाउं सभा सम्पन्न भएको थियो । कार्यक्रममा शुद्धोधन गाउंपालिका रुपन्देहीका प्रमुख प्रशासकिय अधिकृत अन्नतपाणी मरासिनी, वडा अध्यक्ष मनोज कुमार यादव लगायतले शुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७५ बुधबार ००:००  ११ : ४१ बजे