सलिम अन्सारी, प्यूठान ।
राहदानी बनाएर तेस्रो मुलुक जानेको संख्या बर्से्नि बढदो छ । बढदो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउदाँ प्यूठान जिल्लाबाट दर्जनौ युवाहरु बिदेशीरहेका छन । धेरै जसो गाउँमा युवाहरुको संख्या पातलिदै गएको छ । घरको सम्पती बेचेर र ऋण गरेर बिदेश जाने युवाहरु धेरै छन । कामको खोजीमा युवाहरु भारत र तेस्रो मुलुक जाने क्रम नरोकिदाँ वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन । जानकारहरु भन्छन्, ‘पढे लेखेका पनि स्वदेशमै रोजगारी नपाइने, राजनीति अस्थिरता लगायत वितृष्णाले युवा विदेशिने क्रम बढ्ेको बढ्यो ।’ युवाहरुको ठूलो हिस्सा श्रमका लागि भारत पुगेका छन । खाडी मुलुक साउदी, कतार, मलेसिया, लगायतका देशमा जाने युवाको जमात समेत उत्तिकै छ । वैदेशीक रोजगारीका लागि युवा मुग्लान तिर हानिन थाले पछि बिकास निर्माण, सामुदायिक अभियान देखि परम्परागत संस्कार समेत प्रभाबित बनेका छन । खेतीपातीको काम निकै प्रभावित भएको छ । गाउँमा जनशक्ति नहुँदा वाली लगाउन नपाएकाले जग्गा बाझिदै गएका छन । जिल्ला प्रशासनले ५ बर्ष देखि मेसिनले लेखेर राहदानी जारी गर्दै आएको छ ।
कार्यालयको तथ्यांक अनुसार यस अवधिमा जिल्लाबाट झन्डै २० हजारले राहदानी लिएका छन । बिदेश जाने अधिकांश २० देखि ३० बर्ष उमेर समुहका युवा रहेको प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमीरेले बताउनुभयो । स्थानीय तहको निर्वाचन भएर जनप्रतिधि आएपछि पनि राहदानी बनाउन आउनेको संख्यामा कुनै कमी नआएको उहाले बताउनुभयो । पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको संख्यामा समेत ह्वात्तै बढेको छ घिमिरेले भन्नुभयो, ‘जिल्ला प्रशासनको तथ्यांक अनुसार ०६८ र ६९ मा ६ सय ५३, ०६९ र ७० मा १ हजार ६ सय २६, ०७१ र ७२ मा ६ हजार ६ सय ६६, ०७२ र ७३ मा २ हजार ९ सय ४९, ०७३ र ७४ मा ४ हजार ९ र ०७४ र ७५ को ७ महिनामा २ हजारले राहदानी लिएका छन ।
जिल्लाबाट बर्सेनि ६ हजारको संख्यामा राहदानी बनाएर बाहिरी मुलुक र झन्डै ६० र ७० हजार काम खोज्दै भारत जाँदा गाउँ सुनशान बन्दै गएको हो । युवा पलायनको यो दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिदै गएको पुष्ठि हुन्छ । चुनाव जीतेका जनप्रतिनिधीले समेत युवा लक्षित स्वरोजगारका कार्यक्रम ल्याउन तर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । ऐरावती गाउँपालिकाका स्थानीय कृष्ण बहादुर भैयाले भन्नुभयो ‘स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेका छन,’ उहाले यी युवालाई रोक्ने कार्यक्रम नल्याएसम्म युवाहरुको समस्या नसुल्झने बताउनुभयो ।
२५ बैशाख २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया