मायादेवी अनलाइन, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् ।
सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडौं अवतरण गरेको हो ।
विमानस्थल स्रोतका अनुसार विमानमा दुईवटा बुलेट प्रुफ गाडी सहित आवश्यक सुरक्षा सामग्री नेपाल भित्रिएको छ ।
भारतीय पक्षले आवश्यक सामाग्री फिर्ता भारत नै लैजाने गरी भन्सार छुटका लागि गृहमन्त्रालयबाट पत्र ल्याएपछि ती सामाग्री विमानस्थलबाट तोकिएको स्थानमा लैजाने तयारी गरिएको छ ।
काठमाडौंमा रहँदा मोदीको प्रयोगका लागि दुईवटा बुलेटप्रुफ गाडी, चालक दलका १८ सदस्य र ४१ जना कमाण्डो नेपाल आएको बताइएको छ ।
२५ बैशाख २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया