काठमाडौं ।
इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेग्लोर ५ रनले पराजित भएको छ। गएराती भएको खेलमा सनराइजर्स हैदरावादले बेंग्लोरलाई ५ रनले हराएको हो ।
राजीव गान्धी अन्तर्रा्ष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङ गरेको हैदरावादले १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको बेंग्लोर निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटिन पुग्यो ।
हैदरावादका लागि केन विलम्सनले सर्वा्धिक ५६ रन बनाए । ३९ बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे। सकिब अल हसनले ३५, शिखर धवनले १३ र युसुफ पठानले १२ रन जोडे । हैदरावादलाई सस्तैमा समेट्न टिम साउदी र मुहम्मद सिराजले ३–३ विकेट लिए ।
बेंग्लोरका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ राम्रो नचल्दा पराजित हुन पुग्यो। बेंग्लोरका कप्तान विराट कोहलीले ३९ रन बनाए भने कोलिन डि ग्राण्डहोमले ३३ रन बनाए । मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योग्दान गरेपनि त्यो जितका लागि काफि हुन सकेन ।
हैदराबादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए ।
यो हारसँगै बेंग्लोर आईपिएलको जारी संस्करणको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । १० खेलबाट ६ अंक जोडेको बेग्लोर तालिकाको छैटौं स्थानमा छ । हैदराबाद भने सबैभन्दा शिर्ष स्थानमन रहेको छ । आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिड्दैछन ्।
प्रतिक्रिया