११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा



मायादेवी अनलाइन, काठमाडौं ।
आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा मोरङ प्रहरीले प्रक्रिया अघि बढाएको छ ।
सोमबार काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मंगलबार मोरङ प्रहरीले हातहतियार तथा खरखजनामा मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी अरुण बीसीले जानकारी दिए ।
गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।
आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई सोमबार पक्राउ गरिएको हो ।
हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन उक्त कार्य गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  ११ : २२ बजे