११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

जिल्लालाई सूचना आदनप्रदानमा नमुना बनाउँछौं : प्रजिअ राना



मायादेवी अनलाइन, भैरहवा ।
केहि दिन पहिले सरुवा भएर रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले जिल्लालाई सूचना आदनप्रदानमा नमुना बनाउने बताउनु भएको छ ।

जिल्लामा आएपछि पत्रकारहरुसँग पहिलोपटक भेटघाट गर्दै उहाले रुपन्देही जिल्ला प्रशासनले सूचना सम्प्रेषणमा विशेष योजनाका साथ काम थाल्ने बताउनुभयो । उहाले ‘वेभसाइट मार्फत वा सूचना अधिकारी र आफु स्वयंबाट दिन मिल्ने, सार्वजनिक गर्न मिल्ने सबै सूचना सहज रुपमा उपलब्ध गराईने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी राना मगरले जिल्लालाई अपराधमुक्त गर्न मिडियाको भूमिका महत्वपूर्ण भएकोले आफूले मिडियाको साथ चाहेको पनि बताउनुभयो ।

भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना लगायतका पत्रकारहरुले जिल्लामा लागू औषधको ओसार पसार बढ्दै गएको, विभिन्न क्षेत्रमा भईरहेको सिन्डिकेट, बजारमा कालोबजारी, निर्माण तथा खाद्य सामग्रीको गुणस्तर र मूल्यमा उपभोक्ता ठगिएको जनाउदै बजार अनुगमन जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  १ : ५४ बजे