१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जनता आधारभुत बिद्यालयमा तालाबन्दी



मायादेवी अनलाइन, नवलपरासी ।
नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न ४ मा रहेको जनता आधारभुत बिद्यालय बर्दघाटमा निजि श्रोतका शिक्षकहरुले तालाबन्दी गरेका छन् ।
बिद्यालय ब्यवस्थापन समितिको बिना निर्णय अभिभावक भेला गराई बिद्यालय कक्षा ८ बाट तल झारि कक्षा ६ सम्म मात्र प्रधानाध्यापकले एकलौटी रुपमा कक्षा सन्चालन गरेको र बिगत १० महिना देखि लगातार रुपमा अहिले सम्म तलब नपाएको भन्दै बिद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको शिक्षक जगई सहानीले बताउनुभयो । आफुहरुले तलब नपाउन्जेल ताला नखोलिने समेत शिक्षकहरुले चेतवानी दिएका छन ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  १ : ४० बजे