४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

पणेनालाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता



विष्णुकुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पर्ने पाणिनि तपोभूमिको प्रचार–प्रसार गर्ने मन्त्री तथा सांसदहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वको प्राचिन भाषा संस्कृतको व्याकरणको रचना भएको स्थान पाणिनिको तपोभूमि पणेनालाई गुरु योजना बनाएर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने उनीहरुले बताएका छन् ।

पाणिनि दहमा निर्माण गरिएको शिवको मुर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसदहरुले आझेलमा परेको तपोभूमिको प्रचार–प्रसारमा एक जुट भएर अगाडी बढ्ने बताएका हुन् । हजारौँ वर्ष पहिले पाकीस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाििण्न ऋषीले पणेनामा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ ।

विश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भए पनि प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रको प्रचार प्रसारका लागि गुरु योजना बनाएरै लाग्ने प्रदेश पर्यटन मन्त्री लिला गिरीले बताउनुभयो ।

प्रदेश सांसद रामजी प्रसाद घिमिरेले यो क्षेत्रलाई पाँच नम्बर प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थल बनाउन आफूले पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  १ : ३५ बजे