मायादेवी अनलाइन, रुपन्देही ।
प्रदेश नम्बर पाँचका सांसदहरुले लगाउने लोगो सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रम आयोजना गरी प्रदेश नम्बर पाँचका सांसदले लगाउने लोगो सार्वजनिक गरिएको हो । प्रदेश सभा सचिवालयका अनुसार १२ वटा नमूना मध्ये दाङको तुलसीपुर उपमहानगरपालिका–१ का खगेश्वर भण्डारीले तयार गरेको लोगो छनौट गरि सार्वजनिक गरिएको हो ।
भण्डारीलाई उत्कृष्ट लोगो तयार गरेको भन्दै २५ हजार नगदले पुरस्कृत गरिएको छ । लोगोमा सिस्ने हिमाल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङ्गिक समानता झल्किने गरी तयार पारिएको छ ।
त्यस्तै प्रदेशसभा सचिवालयका कर्मचारीका लागि रुपन्देही तिलोत्तमा ९ मंगलापुरका सुधिर अर्यालले बनाएको लोगो छनौट गरिएको छ । अर्याललाई नगद १५ हजार प्रदान गरिएको छ । दुवै लोगो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तिले सार्वजनिक गर्नुभएको हो ।
प्रतिक्रिया