४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अखिलका नेता बगालेलाई आर्थिक सहयोग



अराज सिहं बेल्बासे, कपिलवस्तु ।
अनेरास्ववियु जिल्ला कमिटी कपिलबस्तुले दुबै मृगौला फेल भएका पाल्पा जिल्ला कमिटी अध्यक्ष प्रेम बगालेलाइ आर्थिक सहयोग गरेको छ । आज एक कायक्रमको बिच अनेरास्ववियु केन्द्रिय सचिव एवम प्रदेश नम्बर ५ प्रमुख आरसि लामिछाने र केन्द्रिय सचिवालय सदस्य एव्म स्ववियु परिचालन बिभाग प्रमुख नरेश रोकायाको विशेष उपस्थितिमा बगाले उपचाररथ वीर अस्पताल मै पुगि अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम अर्यालले १० हजार दश आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

आर्थिक सहयोग गर्दै अध्यक्ष अर्यालले सम्पुर्ण नेता कार्यकर्तालाई जीवनभर अनेरास्ववियुमा योगदान गर्नुभएका प्रेम बगालेलाई सबैले सहयोग गर्नुहुन अनुरोध पनि गर्नु भएको छ । उपचार गराइरहेका प्रेम बगालेलाई आफ्नो दाईले किड्नी दिने हुनुभएको छ । किड्नी पनि मिल्ने भएकोले डाक्टरको सल्लाह अनुसार छिटो अप्रेशन गर्नुपर्ने र अप्रेशनको लागी आर्थिक अभाव देखिएकोले सम्पूर्णमा आर्थिक नैतिक सहयोगको गर्नका लागी परिवारले अपिल गरेको छ । साथै आर्थिक सहयोग गर्न चाहनेले प्रेम बगाले एनएमबि बैकं आर्यभञ्ज्याङ्घको शाखाको खाता नम्बर ०४६२१५००२६४०३२०००००१ मा आर्थिक सहयोग गर्न परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५ सोमबार ००:००  २ : ३२ बजे