अर्घाखाँची, बैशाख ।
अर्घाखाँची जिल्लाका ग्रामिण भेगका महिलाहरुलाई सुरक्षित गर्भपतनको ज्ञान नहुँदा इच्छा विपरीत बच्चा जन्माउन बाध्य भएको विभिन्न कार्यक्रमका सहभागीहरुले बताएका छन् । सहभागीहरुले भने ‘ग्रामिण स्तरका महिलाहरुलाई सुरक्षित गर्भपतन र कानुनी अधिकारको बारेमा ज्ञान नै छैन् । त्यसैले महिलाहरु इच्छा विपरित बच्चा जन्माउन बाध्य छन् ।’
पर्यावरण सचेतन समूहले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्य सम्वन्धी अन्र्तरक्रिया कार्यक्रमका सहभागीलहरुले यस्तो कुरा बताएका हुन । आयोजक संस्थाले बिभिन्न ठाउँमा महिला र किशोर किशोरीसँग छुट्टा छुट्टै अन्र्त्क्रिया गरेको थियो ।
जिल्लाको भूमिकास्थान नगरपालिकाको ढाकावाङ्ग, धारापानी र मालारानी गाउँपालिको हसंपुर र वाँगीमा भएको प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन बिषयमा सहभागीहरुले भने स्वयम आफुलाई र ग्रामिण स्तरका महिलाहरुलाई सुरक्षित गर्भपतन र कानुनी ज्ञान नभएको बताए ।
कार्यक्रममा सहभागी महिला र किशोरीहरुले भने–‘ हामिलाई कार्यक्रममा सहभागी हुनुभन्दा पहिलासुरक्षित गर्भपतनको बारेमा यति धेरै जानकारी थिएन् । यसले महिलाई ठुलो सहयोग पु¥याएको छ । नगरपालिका र वडामा भन्दा स्थानीय टोल टोलमा र लक्षित वर्गमा यो कार्यक्रम गर्न उनीहरुले सुझाव दिए ।
भुमिकास्थान नपा–१ ढाकावाङ्घकी सहभागी सावित्रा थापाले भनिन् ‘महिलाहरुलाई सुरक्षित गर्भपतननको कुननी ज्ञान छैन् । गर्भपतन गदाउदा कतै अप्ठ्यारोमा परिन्छ की वा कानुन लाग्छ कि भन्ने डरका कारण महिलाहरु बाध्य भएर इच्चा विपरीतत बच्चा जन्माइरहेका छन् । ’
भूमिकास्थान नगरपालिका–४, की सहभागी कमला बञ्जाडेले महिलाहरुलाई सुरक्षित गर्भपतनबारे कानुनी ज्ञान दिन जरुरी रहेको बताइन् । उनले भन्नि घरमा तीन चारओटा बच्चा छन् सवै मिलेको छ । तर महिलाहरु परिवार नियोजन र सुरक्षित गर्भपनको बारेमा सचेत छैनन् । सँगसँगै सेवा कहाँ र कसरी उपलब्ध हुन्छ भन्ने पनि थाहा नभएर बच्चा जन्माउन बाध्य छन् ।
मालारानी गाउँपालिका–७, की सहभागी मीना विसिले ‘महिलाहरु अति जटिल परिस्थितिमा पनि बच्चा जन्माइरहेको बताईन् । उनले भनिन् छोरा पाउने आशामा महिलाहरुको शारिरिक क्षमता नहँदा नहुनै पनि बच्चा जन्माएका छन् किनकी उनीहरुलाई गर्भपतनको बारेमा ज्ञान छैन् ।
पर्यावरण सचेतन समूहका उपाध्यक्ष सिदार्थ केसीले ग्रामिण स्तरका धेरै महिलाहरुलाई सुरक्षित गर्भपतनको कानुनी ज्ञान छैन् । धेरै महिलाहरु शारिरिक अक्षतमता हुँदा हुदै बच्चा जन्माइरहनु भएको छ । केहीलाई सामान्य ज्ञान भए पनि सेवा कहाँ उपलब्ध हुन्छ के कति शुल्क लाग्ने हो, गर्भपतन गराउदा गाउँ छिमेकी, कसैले केही भन्ने हुन कि भन्ने डर र चिन्ता छ । यसको लागि हामिले स्थानीय स्तरका वडा र स्वास्थ्य चौकीको समन्वयमा केहि सेचतनामुलक कार्यक्रम गरिरहेका छौँ । राज्यले महिलाको इच्चाको आधारमा स्थानीय तहमा यो सेवा उपलब्ध गराउनुपर्छ ।
कार्यक्रम स्थानीय स्वास्थ्य चौकीको समन्य पर्यावरण सचेतन समूहको आयोजनामा अर्घाखाँची जिल्लको मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकाका विभिन्न वडाहरुमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी जनप्रतिनिहरुले कार्यक्रम अन्य ठाउँ र टोल टोलमा सञ्चालन गर्न अनुरोध गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरे ।
२४ बैशाख २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया