माधव बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवको तेस्रो दिन एक लाख वढी दान संकलन भएको छ । नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानविरहरुको उल्लेखनीय सहभागीता रहेको छ । महायज्ञको तेस्रो दिन दानविरवाट १ लाख ४ हजार ३ सय ८४ रुपैया रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सिताराम चौधरीले जानकारी दिनुभएको छ ।
महोयज्ञमा दान संकलनको तेस्रो दिन स्थानीय तथा अभिभावकहरुले दान गरेको चौधरीले जनाउनुभयो । विद्यालयका शिक्षक डिलाराम गैरेवाट २१ हजार १ सय २१, रुद्र पुन तन कुमार पुन वाट २१ हजार १ सय २१, गन वहादुर पुन ज्ञान कुमार पुन वाट २१ हजार १ सय २१ दान रकम प्राप्त भएको छ । त्यस्तै दिनेश वस्नेत १९ हजार, गणेश वहादुर जिसी ११ हजार १ सय ५१ सहयोग प्राप्त भएको कोषाध्यक्ष चौधरीले जानकारी दिनुभयो । त्यस्तै अन्य स्थानीय अभिभावहरुले पनि दान सहयोग गरेका छन ।
महायज्ञको तेस्रो दिन सम्म २ लाख ६२ हजार ७ सय ८९ रकम संकलन भएको आयोजकले जनाएको छ । महायज्ञ मुल आयोजक समितिले सहयोग गर्ने दानविरहरुलाई धन्यवाद ज्ञापन गरेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर हुदै गएकोले विद्यालयको शौक्षिक सुधारको लागी महायज्ञ आयोजना गरीएको हो । सरस्वती आधारभुत विद्यालयको आयोजनामा रहेको उक्त महयज्ञ वैसाख २९ गतेसम्म चल्ने महायज्ञ आयोजक समितिले जनाएको छ ।
२४ बैशाख २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया