हरि अधिकारी, कपिलवस्तु ।
ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल वाणगंगा नगरपालिका २ राजपुरमा ज्ञानपुञ्ज बाल कल्याण कोष स्थापना गरिएको छ । कक्षा १ मा अध्ययनरत स्मारिका खनालको सातौं जन्मोत्सवमा अवसरमा विद्यालयमा ज्ञानपुञ्ज बाल कल्याण कोष स्थापना गरिएको हो । शिक्षाको अवसरबाट बञ्चित बालबालिकाहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले विद्यालयमा बालकल्याण कोष स्थापना गरिएको विद्यालयका प्रिन्सिपल रोमकान्त घिमिरले बताउनुभयो ।
अभिभावक गोविन्द खनाल र सुनिता खनालद्धारा कक्षा १ मा अध्ययनरत छोरी स्मारिका खनालको जन्मदिनको अवसरमा ६ हजार ६ सय ६६ रुपैया बराबरको कोष विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
ज्ञानपुञ्ज बोर्डिग स्कुलका प्रिन्सिपल घिमिरेले विद्यालयले शैक्षिक गुणस्तरमा जोड दिदै आएकोले अभिभावकले विद्यार्थीको शिक्षामा चासो दिनुपर्ने बताउदै अभिभावकले छोराछोरीको जन्मदिनमा सामाजिक काम गर्नुपर्नेमा जोड दिन’भयो ।
२४ बैशाख २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया