४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

यातायात व्यवसायी भन्छन्, गाडी दुर्घटनामा परे उपचार खर्च दिदैनौ



मायादेवी अनलाइन, काठमाण्डौं ।
सिन्डिकेट अन्त्य गर्ने सरकारसँग सहमति गरेका यातायात व्यवसायीहरुले गाडी दुर्घटनामा परे उपचार खर्च नव्यहोर्ने बताएका छन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात समितिहरुको बैैंक खाता रोक्का भएकाले गाडी दुर्घटना भए यात्रुहरुको उपचार गर्न नसकिने प्रष्टयाउनु भएको हो । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूहरुको काउन्टर बसपार्कबाट हटाउने काम गरिएको भन्दै सडकबाट सेवा सुचारु गर्ने चेतावनी पनि दिनु भयो । अध्यक्ष कर्माचार्यले विकल्पविना नै सरकारले लिएको निर्णयबाट सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको दावी पनि गर्नु भयो । उहाँले आफूहरुको २ लाख गाडी र त्यसमा आवद्ध मजदुरहरुको व्यवस्थापन तत्काल गर्न पनि सरकारसँग माग गर्नु भयो ।
महासंघले बसपार्कबाट समितिहरुको टिकट काउन्टर हटाउने निर्णयबाट पर्न गएको असुविधाको जिम्मेवारी सरकार आफैले लिनुपर्ने पनि स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कदम तत्काल चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७५ सोमबार ००:००  १ : ५३ बजे