मायादेवी अनलाइन, कपिलवस्तु ।
ए वान क्यूज सिजन वानको उपाधि तौलिहवामा रहेको बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूलले जितेको छ । ए वान मिडिया सेन्टरको आयोजनामा भएको नगरपालिकाव्यापी हाजिरीजवाफ प्रतियोगीताको उपाधि कपिलवस्तु नगरपालिका तौलिहवामा अवस्थित बुद्धज्योतीले जितेको हो ।
वाणगंगामा रहेको होराइजन इंग्लिस बोर्डिङ स्कूलको सभाहलमा शुक्रबार भएको फाइनल कार्यक्रममा पाँच नगरपालिकालाई पछि पार्दै बुद्धज्योती प्रथम भयो भने न्यू शिशु इंग्लिस बोर्डिङ स्कूल महाराजगञ्ज दोस्रो स्थानमा आउन सफल भएको छ ।
यस्तै सेन्ट ज्यूड्स इंग्लिस बोर्डिङ स्कूल कृष्णनगर तेस्रो, पारिजात इंग्लिस बोर्डिङ स्कूल बनगाई सान्त्वना, सोसल इंग्लिस बोर्डिङ स्कूल गोरुसिंगे पाचौ र शिवगढी इंग्लिस बोर्डिङ स्कूल शिवराज छैठौ स्थानमा आउन सफल भएको छ ।
उत्कृष्ट हुने प्रतियोगीलाई कार्यक्रमका प्रमुख अतिथि विष्णु पन्थीले शिल्ड, मेडल, प्रमाणपत्र र नगर पुरस्कारले सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद पन्थीले ए वान मिडियाले आयोजना गरेको प्रतियोगीता निकै प्रशंसनिय रहेको चर्चा गर्नुभयो । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि हाजिरीजवाफ प्रतियोगीताले महत्वपूर्ण भूमिमा खेलेको बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले विद्यार्थी अध्ययनमा मात्र सिमित नभई अरु क्षेत्रमा पनि अब्बल हुनुपर्ने बताउनुभयो । जिल्लाका ६ ओटै नगरपालिका भित्र सञ्चालन भएको प्रतियोगीले सबैको मन जितेको भन्दै आगामि दिनमा पनि यस्ता प्रतियोगीता गर्दै जानुपर्नेमा जोड दिनुभयो । त्यसको लागि आफुले सक्दो सहयोग गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हाजिरीजवाफ प्रतियोगीताले विद्यार्थीमा अध्ययन प्रतिको चासो बढाएको बताउनुभयो । प्रतियोगीता उत्कुष्ट हुने विद्यार्थीले पाउने पुरस्कारले पनि विद्यार्थीलाई पढाई प्रतिको रुचि बढाएको बताउनुभयो । जिल्लामा सञ्चालित प्रतियोगीता उत्कृष्ट रहेको उहाले चर्चा गर्नुभयो ।
जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले हाजिरी जवाफ प्रतियोगीतामा सोधिने प्रश्न स्थानीय विषयबस्तु केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । प्रतियोगीता उत्कृष्ट आउने विद्यार्थीले अझै मेहनत गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्याब्सन कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तथा होराइजन इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल बासुदेव घिमिरे, दीप बोर्डिङ स्कूलका कमल नेपाल र न्यू होराइजन कलेजका इन्द्र भुसाल लगायतले बोल्नुभएको थियो ।
प्रतियोगीतामा प्रथम, दृतीय र तृतीय स्थान आउने प्रतियोगीले बुटबलका न्यू होराइजन, दीप बोर्डिङ र एभरेष्ट कलेजमा अध्ययन गर्नेछन । उनीहरुलाई न्यू होराइजन र दीप बोर्डिङले कक्षा ११, १२ र एभरेष्ट कलेजले कक्षा ११ मा निशुल्क छात्रबृत्तीको व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
यस्तै कपिलवस्तुका होराइजन इंग्लिस बोर्डिङ स्कूल, लिटल स्टार इंग्लिस बोर्डिङ स्कूल र बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूलले पनि तीन÷तीन जना प्रतियोगीलाई कक्षा ११ र १२ मा निशुल्क छात्रबृत्तीमा अध्ययन गराउने छन ।
जिल्लाका ६ नगरपालिका भित्रबाट आन्तरिक प्रतिष्प्रर्धाबाट प्रतियोगी जिल्ला स्तरको उपाधिका लागि भिडेका हुन । प्रतियोगीताको प्रायोजकमा कन्टम एब्रोट इष्टडिज बुटवल र क्यापिटल फुड्स प्रा.लि रहेका थिए । कार्यक्रमको सञ्चालन ए वान मिडिया सेन्टरका प्रबन्ध निर्देशक दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।
२२ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया