११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्रमाणीकरणको लागि स्वास्थ्य संस्थामा अनुगमन



माधव बेल्वासे, चन्द्रौटा ।
किशोर, किशोरीमैत्री सेवाको प्रभावकारिता र प्रमाणिकरण गर्न जिल्ला जन स्वास्थ्य परिवार स्वास्थ्य महाशाखा अधिकृत सहितको टोलीले कपिलवस्तुको बरकुलपुरमा अनुगमन गरेको छ । नेपालमा ७४ लाखको हारहारीमा १० वर्ष देखी १९ वर्ष सम्मका किशोर किशोरी रहेका छन् । जसमा १३ प्रतिशतले चुरोट सुर्तिजन्य पदार्थ सेवन र १८ प्रतिशतले जाड रक्सी सेवन गरिरहेको रहेको तथ्याङक रहेको छ । जसमा ३२ प्रतिशतले मात्र वच्चा जन्मान्तर गर्ने गरेको र नेपाल मा ११ सय ३४ वटा स्वास्थ्य चौकीमा यो कार्यक्रम लागु भएपनी ५७ वटा सस्था प्रमाणिकरण भइसकेको परिवार स्वास्थ्य महासाखाका अधिकृत अशेष रेग्मीले जानकारी दिनुभयो ।
प्रमाणिकरणको ९ वटा सुचक अनुगमन गर्ने व्रmममा स्वास्थ्य व्यवस्थापन समिति, किशिोर, किशोरी संग मन्त्रालयको टिमले छलफल गरेको रेग्मीले जनाउनुभयो । प्रत्येक सुचकमा ६० अंक भन्दा बढी ल्याउनै पर्ने मापदण्ड भएपनि बरकलपुर स्वास्थ्य चौकीले ९४ अंक प्राप्त गरेको छ । स्वास्थ्य अधिकृत रेग्मीले बरकलपुर स्वास्थ्य चौकीलाई शुभकामना दिदै ५ वर्ष सम्मका लागि प्रमाण पत्र प्राप्त गरेपनि हरेक चौमासीक स्वमुलयाङ्गकन फारम भर्नु पर्ने बताउनु भयो ।
हाल बरकुलपुर स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकी तिर अग्रसर रहेको स्वास्थ्य चौकी इन्चार्ज चन्द्रवती अधिकारीले बताउनुभयो । स्वास्थ्य चौकीमा १० जना स्वास्थ्य कर्मीको दरवन्दी रहेको छ । स्वास्थ्य चौकीले बहिरिन्ङ्ग सेवा सहित २४ घण्टे प्रसुती सेवा समेत संचालनमा गरेको छ । कार्यव्रmमा वुद्घभुमी नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने, सेभ द चिल्ड्रेनका परमान्द मण्डल, कालिका स्वालम्वन सामाजिक केन्द्रका अर्जुन थापा लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७५ शनिबार ००:००  २ : २५ बजे