८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नारायणगढ मुग्लिन सडकको काम सकिन १० प्रतिशत मात्र



राधेश्याम खतिवडा, चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम अब लगभग १० प्रतिशत मात्र वाँकी रहेको सडक विस्तार आयोजनाले दाबी गरेको छ ।
सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले अव ३ किलोमिटर सडकखण्ड मात्र कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो । ३ तहको कालोपत्रे हुनेमा ३० किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे भइसकेको छ ।
यस्तै २८ किलोमिटरमा दोश्रो तहको र ८ किलोमिटरमा तेश्रो तहको कालोपत्रे भइसकेको उहाँले जानकारी दिनुभयो । सडकको लम्बाइ ३३ किलोमिटर २ सय मिटर हो । तीनै तहको कालोपत्रे बैशाखको अन्तिमसम्ममा सक्ने र बाँकी काम जेठको दोश्रो हप्तासम्म सकेर सडक खुला गर्ने आयोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
जेठ १७ गतेदेखि गाडी चल्नेगरि सडक खुला हुने खनालले दावी गर्नुभयो । अहिले विहान १० देखि ४ बजेसम्म सवारीसाधन बन्द गरेर काम भइरहेको छ । तीनपटक म्याद थपिएको आयोजनाको काम जेठ १६ गतेसम्ममा सक्नुपर्ने सम्झौता छ ।
सुरुमा सन् २०१७ को अप्रिल महिनाभित्र काम सक्नेगरि ठेक्का दिईएपनि भूकम्प, नाकाबन्दी बर्षात लगायत कारण अवधि थप गरिंदै आएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७५ शनिबार ००:००  १ : ५५ बजे