८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सडक अतिक्रमण गरी बनेका संरचना हटाउन सुरु



मायादेवी अनलाइन, बुटवल ।
बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनेका संरचना हटाउन डोजर चलाइएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तारका लागि घर भत्काउन शुरु गरेको हो ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार गर्दा अतिक्रमण गरी बनेका ३ सय ११ घर भत्काउनुपर्नेछ । आयोजनाको सूचनापछि २५ घरधनीले मात्रै घर भत्काएका छन् । आयोजनाका प्रवक्ता ईन्जिनियर गोविन्द श्रेष्ठले अटेरी भएपछि सडक क्षेत्रभित्रका घरहरुमा डोजर प्रयोग गरिएको बताउनुभयो ।
चार वर्ष अघि चार लेनमा विस्तार गरिएको सडकलाई छ लेन बनाउन थालिएको हो । सडक विस्तार रोक्न ४२ जना घरधनीले घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र तुल्सिीपुर उच्च अदालत बुटवल इजलासमा मुद्दा दर्ता गरेका थिए ।
हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५ बिहिबार ००:००  ४ : ४९ बजे