८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

झाडो लिएर निस्किए मूख्य मन्त्री भट्ट



मायादेवी अनलाइन, कैलाली ।
७ नम्बर प्रदेश सरकारले प्रदेश स्वच्छ र स्वस्थ अभियान सुरु भएको छ । नम्बर प्रदेशका मूख्य मन्त्री त्रिलोचन भट्टले प्रदेश सरसफाईको अभियान सुरुवात गरेका हुन । स्वास्थ्य प्रति जिम्मेवार सम्बृद्धीको आधार भन्दै नयाँ बर्षको पहिलो दिनमा झाडो लिएर सरसफाईका लागी बजारमा अन्य मन्त्री सहित मूख्य मन्त्री त्रिलोचन भट्ट धनगढी बजार सरसफाई गर्न निस्किएका हुन ।
प्रदेश भित्रका शहरदेखी गाउँटोलसम्म पनि स्वच्छ र स्वस्थ प्रदेशको अभियान लैजाने मूख्य मन्त्री त्रिलोचन भट्टले बताए । योग शिबिमा सहभागी भएका मूख्य मन्त्री भट्टले भने ‘प्रदेशका नागरिक स्वस्थ भएमा मात्र स्वस्थ प्रदेशको कल्पना गर्न सकिन्छ, हामी स्वथ्य बन्नका लागी योग गर्न जरुरी छ ।’
समाजिक बिकास मन्त्रालयको आयोजना स्वच्छ र स्वस्थ प्रदेश अभियान अन्तरगत सरकारका मन्त्री तथा नागरिक प्रदेशको सरसफाईका लागी बजार सरसफाई गरेको हो । नयाँ बर्षको पहिलो दिनमा स्वस्थ र स्वच्छ प्रदेशको कार्यक्रम आयोजना गरिएको सामाजिक बिकास मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५ शनिबार ००:००  ६ : १३ बजे