९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नगरपालिकालाई बाल बिवाह निर्मूल पार्छौ : मेयर श्रेष्ठ



जानु पाण्डे, गोरुसिंगे ।
बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बुद्धभूमि नगरपालिकालाई बाल विबाह मुक्त नगर वनाउने घोषणा गर्नु भएको छ । आइतवार बुद्धभूमि बडा नं. ३ को आयोजनामा सम्पन्न बाल विबाह मुक्त नगर घोषणा प्रतिवद्धता कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले बाल विबाह मुक्त नगर बनाउन नगरपालिकाको अभियानको रुपमा लाने वताउनुभयो । नगरले संघ संस्था, विद्यालय, बाल विकास केन्द्र, आमा समुह, धर्मगुरु, बालबालिका, युवा क्लव सवैलाई साथ लिएर अगाडि वढ्ने वताउनुभयो ।
कार्यक्रममा वोल्दै वडा नं. ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले हालका दिनमा प्रेम विबाहले गर्दा वालविवाह वढेकोले किशोर किशोरीलाई बाल विबाह मुक्त वनाउनको लागि शिक्षा दिने वताउनुभयो । हामीले सुरुमा बाल विवाह हुन लागेमा सम्झाउने बुझाउने हो अटेर गरेमा कानुनी रुपमा कार्वाही समेत गरीने बताउनुभयो ।
सनसाईन सामाजिक विकास संस्था र सेभ द चिल्ड्रेनको सहयोग तथा वडा बाल संरक्षण तथा सम्बर्धन समिति बुद्धभूमि ३ को आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरुले बाल विवाह अन्त्यका लागि जोड दिएका थिए । कार्यक्रममा सनसाईन सामाजिक विकास संस्थाका सामाजिक अभियन्ता शिवलाल यादवले बाल विवाह अपराध भएकोले विवाह गर्ने, विवाह गराउने, विवाहमा उपस्थित हुने सवैलाई कानुन अनुसार सजाय दिनु पर्ने वताउनुभयो ।
कार्यक्रममा बडा सदस्य टेंगन थारु, विनोद गुरुंग, सुमित्रा पोख्रेल, समाजसेवी पितामवर पाण्डे, धर्मराज गैरे, नाथु थारु, चिन्तामणी अधिकारी, शुशिल वि.क., गंगाराम थारु लगायतले बाल विवाह रोक्न लागी स्थानीयवासीलाई सुझाव दिनु भएको थियो ।
गत वर्ष बडा नं. ३ मा ८२ मध्ये २२ बाल विबाह भएको पाईएको थियो । ति मध्ये धेरै जसो प्रेम विवाह रहेको थियो । यस अगाडी बाल विवाहकमी गर्न बाल संजाल र बाल संरक्षण तथा सम्वर्धन उप समितिले काम गरे पनी यस बर्ष देखि नगरपालिकाले प्राथमिकता साथ अगाडि वढेको छ । नगरले पहिलो वैठकले बालमैत्री नगर निमार्ण गर्ने निति पास गरेको वताईइको छ । कार्यक्रम शान्ता पौडेलको संचालन र बडा अध्यक्ष गोविन्द प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७४ आइतबार ००:००  २ : ३८ बजे