९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चौध प्रतियोगीलाई पछि पार्दै सोसल इंग्लिस बोर्डिङ स्कूल प्रथम



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धभूमि नगरपालिका भित्रका अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा सोसल इंग्लिस बोर्डिङ स्कुल गोरुसिंगे नगर प्रथम भएको छ । यो संगै सोसल इंग्लिस बोर्डिङ स्कूलले जिल्ला स्तरमा हुने हाजिरीजवाफ प्रतियोगीतामा आफ्नो स्थान सुरक्षित गरेको छ । प्रतियोगीतामा आर्दश बोर्डिङ स्कुल इमिलिया दृतीय, श्री मावि इमिलिया तृतीय र गौतमबुद्ध मावि गोरुसिंगे सान्त्वना स्थान आउन सफल भएका छन । ए वान मिडिया सेन्टरको आयोजना र बुद्धभूमि नगरपालिकाको सहयोगमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगी आइतबार गोरुसिंगेमा सम्पन्न भएको हो ।
प्रतियोगीमा उत्कृष्ट आउने प्रतियोगीलाई बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले बुद्धभूमि नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न हाजिरीजवाफ प्रतियोगीमा नगरले आफु सक्दो सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने बताउनुभयो । नगरमा प्रथम हुने प्रतियोगीले अब जिल्ला स्तरमा हुने प्रतिष्प्रर्धामा उत्कृष्ट भई उपाधि जित्ने गरि लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बाटोघाटो निर्माण हुनुलाई मात्र विकास भएको ठान्न नहुने बताउनुभयो । शिक्षा क्षेत्र आगाडि नबढ्दा सम्म विकासको कल्पना गर्न नसकिने भन्दै शिक्षा क्ष्ँोत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रमका सोसल बोर्डिङ स्कुलका अध्यक्ष माधव दमासे, प्रिन्सिपल ददिराम न्यौपाने, भृकृटी मावि बुड्ढीका शिक्षक मतीराज खनाल, आर्दश इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल कृष्ण भट्टराई लगायतले बोल्दै हाजिरीजवाफ प्रतियोगीताले विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पु¥याएको बताउनुभयो ।
नगरपालिका भित्रका १४ विद्यालय सहभागी भएको प्रतियोगीता ए वान मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीको अध्यक्षता र प्रबन्धक निर्देशक दिपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
ए वान मिडिया सेन्टरले जिल्लाव्यापी नगरस्तरमा अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता २०७४ आयोजना गरिरहेको छ । जिल्लाका ६ नगरपालिका भित्र आयोजना गरिने प्रतियोगी अहिले सम्म चार नगरपालिकामा सम्पन्न भैसकेको सेन्टरका निर्देशक कार्कीले बताउनुभयो । अबको केही दिन पछि महाराजगञ्ज र कपिलवस्तु नगरपालिका भित्र पनि प्रंतियोगीता आयेजना गर्ने तयारी भैरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४ आइतबार ००:००  २ : १३ बजे