९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्थानीय तहमा बिद्यृतीय हाजिर



मायादेवी अनलाइन, गुल्मी ।
जिल्लाका दुई स्थानीय तहमा बिद्यृतीय हाजिरी शुरु गरिएको छ । कर्मचारी समयमै कार्यालयमा उपस्थित गराउनका लागि जिल्लाको रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकामा बिद्यृतीय हाजिरी शुरु गरिएको हो ।

रेसुङ्गा नगरपालिकामा कार्यालयमा मात्र बिद्यृतीय हाजिरी शुरु गरिएको हो भने मुसिकोटमा भने ९ वटै वडामा विद्युतीय हाजीरी मेसिन जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले बताउनुभयो । विद्युतीय हाजिरीले कर्मचारीलाई समयमा उपस्थित हुनका लागि बाध्य बनाउने छ न्यौपानेले भन्नुभयो‘ आफ्नो जिम्मेवारी समयभित्रै सम्पन्न गर्नुका साथै कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने छ । ’

यता रेसुङ्गा नगरपालिकाले पनि कार्यालयमा कर्मचारीहरु समयमै उपस्थित भएर जनतको काम समयमै सम्पन्न गर्नका लागि बिद्यृतीय हाजिरी मेसिन जडान गरिएको जनाएको छ । रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालका अनुसार बिद्यृतीय हाजिरले समयमै कार्यालयमा कर्मचारी तथा राज्यवाट तलव खाने जनप्रतिनिधीहरुलाई समेत आउन वाध्य बनाउने बताउनुभयो । विद्युतीय हाजिरीले कर्मचारी तथा राज्यबाट तलव खान शुरु गरेका जनप्रतिनिधिहरूलाई समेत समयको पालना गराउने छ भुसालले भन्नुभयो‘ हाजिरी कर्मचारीहरुका लागि मात्र नभएर तलव खाने जनप्रतिनिधीलाई समेत हो ।’

रेसुङ्गा नगरपालिकामा वुधवार जडान गरिएको बिद्यृतीय मेसिनमा विहीवारदेखि नै हाजिरी गर्न शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिनुभयो । उहाका अनुसार बैशाख १ गतेदेखि नगरका सवै वडामा मेसिन जडान गरि हाजिरी लागु गर्ने कार्यक्रम छ ।

नगर बिद्यृतीय मेसिन जडानसगै नगरपालिकामा विहान कार्यालयमा उपस्थित हुने समय र बेलुकी कार्यालय छोड्ने समयमा २ पटक नै हाजिर गर्नुपर्ने भएको हो । मुसिकोट नगरपालिका र वडाहरुमा जडान गरिएका बिद्यृतीय हाजिरी बैशाख १ गतेवाट लागु हुने बताइएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि बिद्यृतीय हाजिरी मेसिन जडान गर्ने तैयारी भईरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७४ शनिबार ००:००  ४ : ०२ बजे