सरस्वती पौडेल, कपिलवस्तु ।
कपिलवस्तु जिल्ला अन्र्तरगत ने.क.पा (माओवादी केन्द्र) बुद्धभुमि नगर कमिटीको एक बृहत भेलाले नरहरी भट्टराईको अध्यक्षतामा ३५सदस्य नगर कमिटी गठन भएको छ । सो भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गदै पोलिटब्यूरो सदस्य क. रुद्रलाल बन्जाडेले मुलुक बामधुर्बिकरण तर्फ अग्रसर भएको हुँदा, अवका दिनहरु नेपाली जनताकालागी अवसर र चुनौती रहेकाले धैर्यताका साथ राष्ट्र र जनताका पक्षमा अगाडी बड्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
सो भेलालाई नबनिबार्चित नगर अध्यष नर्हरि भट्टराईले नेपाली जनताले वषैदेखि सजाएर राखेको सपना बामपंन्थि एकताले होस् भन्ने सपना अवका केहि दिनमै साकार हुन थालेको हुदा अव मुलुक सम्बृद्धीको दिशामा अघिबडीरहेको कुरा औल्याउदै अव मुलुक समाजवादी क्रान्ती तर्फ लम्कने निश्चित भएको दाबि गर्नुभयो ।
गोपाल थारुको अध्यक्षयता र मोहन केवटको संचालनमा भएको सो भेलाले अध्यक्ष नर्हरि भट्टराई, उपाध्क्षय कमला बेलवासे र सचिब मोहन केवट सदस्यमा जुद्ध बहादुर विक, बसन्त पराजुली, मुन्ना सुनार लगाएत ३५ सदस्य ने.क.पा माओवादी बुद्धभुमि नगर कमिटी चयन गरेको हो ।
२४ चैत्र २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया