४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘जनयुद्ध’ शब्द उल्लेख नभए पार्टी एकता हुन्न : थापा



मायादेवी अनलाइन, बुटवल ।
नेकपा माओवादी केन्द्रका नेता मणि थापाले एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख नभए एमालेसँग एकता गर्न धेरै गाह्रो पर्ने बताउनुभएको छ ।
दुई पार्टीको एकता गर्ने मिति समेत घोषणा भइसकेको बेला माओवादी केन्द्रीय हेडक्वाटर सदस्य थापाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
माओवादी प्रदेश पाँचका इन्चार्जसमेत रहनुभएका थापाले रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेले जनयुद्ध शव्द स्वीकार्दैन भनेर आफूहरुले कल्पना पनि नगरेको बताउनुभएको छ । उहाले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिनुभयो ।
समाजवादमा पुग्ने साझा लक्ष्य भएकाले सम्मानपूर्वक अघि बढ्नुको विकल्प नभएको उहाले स्पष्ट पार्नुभयो । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक हुने दावीसमेत गर्नुभएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४ शुक्रबार ००:००  ४ : ११ बजे