४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

विप्लव र सिपी मैनालीले पार्टी एकता गर्ने



मायादेवी अनलाइन, काठमाण्डौं ।
एकिकृत पार्टीको महासचिव आफु भएर विप्लवले नेकपा (माले) संग पार्टी एकता गर्दैछन् । एकिकृत पार्टीको अध्यक्षमा सिपी मैनाली रहनेछन् । यद्धपि यो निणर्य भैसकेको छैन् ।

नेकपा (माले) का प्रवक्ताकुमार बेल्बासेले बेल्बासेले भने “संगठानात्मक बिषयका बिभिन्न विकल्पमा पनि छलफल भएका छन् । अध्यक्ष र महासचिव रहनेगरि जाने कि भन्ने पनि छ । ”

नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक बसेको पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त जनसंघर्ष लगायतका विषयमा वार्ता केन्द्रीत रहेको बताइएको छ ।

संयुक्त जनआन्दोलन दिवसलाई राजनीतिक रुपले मनाउने विषयमा छलफल भएको तथा वार्ता पुनः गर्ने निर्णय भएको वार्तामा संलग्न नेकपा (माले) का प्रवक्ताकुमार बेल्बासेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७४ बिहिबार ००:००  ३ : २७ बजे