४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एमाले–माओवादी एकता वैशाख ९ गते !



मायादेवी अनलाइन, काठमाडौं ।
एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरेको छ ।

समितिको बैठकमा दुवै पार्टीका कार्यदलका संयोजकहरुले कार्यदलले तयार पारेको प्रतिवेदन कार्यदलका अध्यक्षलाई बुझाउँदै वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुझाव दिएको एमाले नेता विष्णु पौडेलले जानकारी दिनुभयो ।

गएको फागुन १० गते एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आआफ्ना प्रतिवेदन तयार गरि शीर्ष नेतालाई बुझाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि पार्टी एकीकरण गर्ने भनिएपनि त्यो सम्भावना सकिएपछि अब दुई दलले ९ गते पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका छन् ।

एकता संयोजन समितिले निर्णय गरेपछि आउँदो वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी रहेको नेताहरुले दावी गर्दै आएका छन् ।

पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गएको फागुन ७ मा सहमति गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने भनिए पनि सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७४ मंगलबार ००:००  ३ : ३८ बजे