८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पत्नीको अन्तिम विदाईमा मदनकृष्ण भावविव्हल



मायादेवी अनलाइन, काठमाण्डौ ।
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बन्नुभयो ।

अविरल रोइरहेका मदनकृष्णलाई उहाका निकट सहकर्मी हरिवंश आचार्यले सम्हालने प्रयास गर्नु भएको थियो । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिनुभयो । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो ।

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । उनको गएराती ११ बजे निधन भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७४ मंगलबार ००:००  १२ : ०२ बजे