४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मन्त्री खनाललाई गृह जिल्लामा भव्य स्वागत, सोमबारको कार्यक्रम यस्तो छ !



मायादेवी अनलाइन, कपिलवस्तु ।
शनिबार साँझ गृह जिल्ला आउनुभएका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल सोमबार विहानै देखि विभिन्न कार्यक्रममा सहभागीता जनाउनुभएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खनाल हाल मन्त्री बन्नुभएको छ । कम्युनिष्ट पार्टीबाट जिल्लामा मन्त्री बन्ने खनाल सम्ववत पहिलो नेता हो । खनाललाई शनिबार आफ्नो गाउँ कोपवामा भव्य अभिनन्दन गरिएको थियो भने आइतबार आधा दर्जन बढी संघ संस्थाले उहाँलाई सम्मान गरेका छन । आइतबार विहान प्रेस सेन्टर र प्रेस चौतारी नेपालले तौलिहवामा संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर मन्त्री खनाललाई सम्मान गरे । सोहि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले टुक्रिएका जमिनलाई चक्लाबन्दी गर्न मन्त्रालयले नयाँ निति ल्याउने बताउनुभएको छ ।

भूमीको चक्लाबन्दी नगरे सम्म कृषि उत्पादन नबढ्ने बताउदै मन्त्री खनालले भूमी र भू उपयोग निती मार्फत यसलाई कार्यान्वयनमा लैजानु प्रर्ने बताउनुभएको हो । उहाले भूमीको नयाँ व्यवस्थापन गर्नु आवश्यक भएको बताउनुभयो । भूमी निति र भू–उपयोग निति दुबै आवश्यक रहेको मन्त्री खनालको भनाई छ ।

आइतबार नै नेकपा (माओवादी केन्द्र) बाणगंगा नगर कमिटिले पनि सम्मान गरेको छ । यतै मन्त्री खनाललाई प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना वाणगंगाले सम्मान गरेको छ । उक्त अवसरमा बोल्दै मन्त्री खनालले परियोजना अन्र्तगत १ हजार हेक्टर जग्गा एकै ठाँउमा ल्याएर एउटै बाली लगाउने प्रणाली बनाउने बताउनुभयो । जमिन केन्द्रित विधि नहुदा सरकार सगं योजना हुदां हुदै पनि उत्पादनमा बृद्धि गर्न नसकेको जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रदेश ५ का सांसद विष्णु पन्थी, फौजिया नासिम, माओवादीका स्थायी कमिटी सदस्य गिरिधारीलाल न्यौपाने, कृषि विभागका उपसचिव विनोद भटट्राइ, जोनका बाली विज्ञ राजेन्द्र प्रसाद चौधरी, जोन संचालक समिती सचिव श्याम सुवेदी, सदस्य गोपाल ज्ञवाली, सीता घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।
यस्तै भलवाडमा नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेड छैठौ साधारणसभा तथा सस्तो पसलको उद्घाटन गर्न मन्त्री खनाल सरिक हुनुभएको थियो ।
केही दिनका लागि जिल्ला भ्रमणमा आउनुभएका मन्त्री खनाल सोमबार विहानै देखि विभिन्न कार्यक्रममा सरिक हुनुभएको छ । सोमबार विहान मात्र संयुक्त बामगठबन्धन शिवराजनगर कमिटीले मन्त्री खनाललाई सम्मान गरेको छ । कार्यक्रममा मन्त्री खनाल सहित प्रदेश सांसद अर्जुन केसी, शिवराज नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य गिरीधारीलाल न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
शिवराजको कार्यक्रम पछि मन्त्री खनाल कृष्णनगरमा हुने सम्मान कार्यक्रममा सरिक हुने उहाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४ सोमबार ००:००  ३ : ५० बजे