शिवलाल सुवेदी, गुल्मी ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कृषि र पर्यटनको विकास गीको विकास हुने बताएका छन । तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औधोगिक मेला—२०७४ को उद्घाटन गदै मन्त्री ज्ञवालीले गुल्मी जिल्लामा थुप्रै पर्यटकीय स्थलहरु रहेकाले यहाँका विकासका लागि पर्यटकीय क्षेत्रहरुको विकास गर्न सके गुल्मीको विकासले फड्को मार्ने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागि मात्रै भएको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बताएका छन ।
गठबन्धनको स्थिर सरकार गठन भएकाले भारतले आफुहरुसंग सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए । गुल्मी महोत्सवको उद्घाटनका लागि गृह जिल्ला आएका ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले भारत र नेपालबिचको केहि समयदेखिको रहेको तिक्तत्ता मेटिने विश्वास व्यक्त गरे । देशमा स्थिर गठबन्धन सरकार गठन भएकाले यो पहिलो बर्ष धेरै महत्पूर्ण उच्च स्तरिय भ्रमणहरु हुने उनले बताए । ‘धेरै देशसंग मैत्रिपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य यो सरकारको हो, यो बर्ष थुप्रै मुलुकको भ्रमण हुन्छ,’उनले भने,‘सवैले देशमा स्थिर सरकार गठन भई शान्तिको वातावरण कायम भएको सन्देश पु¥याउने छन् ।’
मन्त्री ज्ञवालीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताए । उनले कार्यदलले पार्टी एकताको खाकालाई अन्तिम रुप दिएकाले अहिले कागजमा सिमित पार्टी एकता केहि समयमै व्यावहारमा लागु गर्ने बताए । ढिलोमा ९ बैशाखसम्ममा पार्टी एकता हुने समेत उनले दाबी गरे । तर पार्टी एकता गर्दा ५०÷५० प्रतिशत भनेर केहि अनलाइन र फेसबुकमा गरिएको प्रचार निरआधार रहेको ज्ञवालीले बताए ।
‘संका उपसंका चुनावबाटै भएका हुन तर काम धेरै अगाडी बढेको छ,’उनले भने, भागबण्डा भन्दा दुई पार्टीबिचको उर्जा एकै ठाउँ हुनु ठुलो कुरा हो ।’ सरकार दृढ रुपमा लागेको भन्नै अब भष्ट्राचारमुक्त नेपालको निर्माण हुने समेत उनले बताए । ज्ञवालीले मुलक अब नयाँ युगमा प्रबेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचारको बिरुद्धमा राज्यले मुखदर्शक भएर नबस्ने बताए ।
१७ चैत्र २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया