२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

निर्यातमुखी कृषिका लागि चक्लाबन्दी : मन्त्री खनाल



भुवन पाण्डे, भैरहवा ।
कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो भएको बताउनुभएको छ ।

उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक सधारण सभा तथा छैठौं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खनालले आयात–निर्यातको खाडल बढ्दै गइरहेकाले त्यसलाई साँघुरो बनाउन कृषिमा चक्लाबन्दी गर्न आवश्यक भएको बताउनुभयो ।
भूउपयोग नीति बनिसकेकाले त्यसलाई कार्यान्वयनमा ल्याउन ऐन तथा नियमावली बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । अवस्वस्थित तथा अनियन्त्रित रुपमा भएको जग्गा खण्डीकरणलाई रोक्न पनि भूउपयोग नीतिको कार्यान्वयन अहिलेको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

अहिलेको जस्तै आयातमुखी अवस्था रहे सन् २०३० भित्रै मुलुकमा खाद्य संकट निम्तिने उहाँले बताउनुभयो । उत्पादन मुखी कृषिमा लागि कृषियोग्य जमिनलाई बाँझो राख्न नपाइने गरि नियम बनाउन लागेको उहाँले बताउनुभयो ।

मुलुकमा आयात–निर्यातमा ठूलो अन्तर पर्दै गइरहेकाले अब हामीले बैज्ञानिक कृषि प्रणलीलाई अवलम्बन गर्नुपर्ने बताउनुभयो । मुलुक गहुँ र अन्डामा मात्मनिर्भर रहे पनि अन्य सबै क्षेत्रमा परनिर्भर भएको बताउनुभयो । नेपालको समृद्धिका आधार भनेकै कृषि, जलस्रोत र पर्यटन भएकोले यिनी क्षेत्रलाई प्राथमिकता राखेर अबको बाटो तय गर्नुर्पेमा उहाँको जोड थियो ।

एमाले उपमहासचिव घनश्याम भुसालले मुलुकले स्थायी सरकार पाएकाले अहिलेको सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो । अबको विकल्प भनेकै आर्थिक समृद्धि भएकोले जनजनले परिवर्तनको अनुभूति गर्न पाउने गरी काम गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  १२ : ३० बजे