सीताराम चौधरी, चन्द्रौटा ।
कम्प्यूटर शिक्षा नै २१औं सताब्दीको प्रमुख माग गरेको प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले जोड दिएका छन् । देशको समृद्धि र विकासको लागि कम्प्यूटर शिक्षामा विशेष जोड दिनुपर्ने प्रदेशसभा सदस्य के.सी.ले धारणा राखे । टेक्निकल जमातलाई अगाडि ल्याउन सके मात्र देश समृद्धितर्फ अगाडि बढ्ने उनले स्पष्ट पारे । “दक्ष जनशक्ति उत्पादन गर्न टेक्निकल विद्यालय स्थापना गर्नुपर्छ । अब प्राथमिक तहदेखि नै कम्प्यूटर शिक्षा लागू हुनुपर्छ” –उनले भने ।
राइटस्टेप एजुकेशन एकेडेमीको छैठौं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र नं. ३(१) का सभासद के.सी.ले यस्तो धारणा राखेका हुन् । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले कम्प्यूटर शिक्षामा निकै संघर्ष गरी देशको ३८ जिल्लामा शिवराजकै गौरब बढाएको भन्दै राइटस्टेप परिवारलाई धन्यबाद दिए । साथै राइटस्टेपले कम्प्यूटर शिक्षामा चालेको कदम निकै सकारात्मक रहेको औल्याउँदै आफ्नो छबीलाई अझ उँचो पार्न शुभकामना दिए र आफूले सकेको ठाउँमा सहयोग पु¥याउने बाचा समेत दिए ।
राइटस्टेप एजेकेशन एकेडेमीका संस्थापक अध्यक्ष दीपेन्द्र पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले २०६८ चैत १७ गते चन्द्रौटा बजारमा राइटस्टेपको स्थापना गरेको जानकारी दिए । नेपाल सरकारद्वारा सूचिकृत भई आईएसओ मान्यता लिई संस्थालाई अगाडि बढाएको उनले बताए । विपन्न, असक्त एवं अपांगता भएका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको अवसर सृजना गरेको उनले बताए । हाल देशभरका ८९० जनालाई निःशुल्क कम्प्यूटर शिक्षा प्रदान गरेको पौडेलको भनाई छ । पौडेलका अनुसार देशका ३८ जिल्लामा शाखा विस्तार गरी ७हजार ४सय विद्यार्थीलाई सर्वसुलभ शुल्कमा कम्प्यूटर शिक्षा प्रदान गरेको छ ।
नेपालमा विद्यमान बेराजगार युवा जनशक्तिलाई लक्षित गरी कम्प्यूटर सम्बन्धी विविध कोर्समार्फत सीपमूलक र व्यवहारिक तालिम प्रदान गर्दै आएको र आगामी दिनमा देशभर शाखा विस्तार गरी अगाडि बढ्ने उनले प्रतिबद्धता जाहेर गरे ।
वार्षिकोत्सव समारोहमा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखा उपाध्यक्ष भूमिराज भट्टराई, शिक्षाप्रेमी नारायण बञ्जाडे लगायतले शैक्षिक क्षेत्रमा राइटस्टेपको महत्वपूर्ण योगदान रहेको औल्याउँदै उज्जवल भविष्यको कामना गरेका थिए । यसका साथै कार्यक्रममा राइटस्टेपका विभिन्न जिल्लामा रहेका शाखाप्रमुखहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा उत्कृष्ट शाखाको रुपमा डेल्टा कम्प्यूटर इन्स्टिच्यूट सुर्खेतलाई कदर पत्रले सम्मान गरिएको थियो । यसैगरी राइटस्टेपले ३८ जिल्लाका शाखा प्रमुखहरुलाई कदर पत्र प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि एवं संचारकर्मीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।
१७ चैत्र २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया