इमरान खान, तौलिहवा ।
सदरमुकाम तौलिहवामा सडक तथा दुर्घटनालाई माध्यनजर राख्दै ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्रेक्टर, ट्रक तथा ट्रिपरहरु माथि कार्रबाही थालेको छ ।
ओभरलोड नदीजन्य पदार्थ बोकी पानी चुहाएर सडकको अवस्था बिगार्ने सवारी साधन माथि ट्राफिक प्रहरीले एक्सन लिएको हो । जसमा सब सबैभन्दा बढी ट्रेक्टर, ट्रक तथा ट्रिपर निशानामा परेका छन ।
ट्राफिक प्रहरी कार्यालय तौलिहवाले बुद्वपदम स्कुलको खेल मैदानमा सय भन्दा बढि ट्रेक्टर, ट्रक तथा ट्रिपर रोकेर चालकलाई प्रशिक्षण पनि दिएको छ ।
साथै चालकहरुलाई प्रशिक्षण दिदै अब आइन्दा नियममा रहेर काम गर्न सुझाव दिएको । ट्राफिक प्रहरी कार्यलयका असाई राम शरण कुमालले बताउनुभयो । शनिबार पहिलो दिन तीन दर्जन बढी चालकलाई सचेत गराएको उहाले बताउनुभयो ।
१७ चैत्र २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया