पार्वती पाण्डे, कपिलवस्तु ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस कपिलवस्तुको तौलिहवामा मनाईएको छ । पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुको आयोजनामा संघिय सम्रचनामा मिडिया विकास, अवसर र चुनौतीको विषयमा वृहत छलफल भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मनोज पौडेलले पत्रकारहरुले सत्य र तथ्य कुराहरु जनसमक्ष पस्किएर पाठकको विश्वास जित्नु पर्ने बताउनु भयो ।
मिडिया हाउसहरुले पनि पत्रकारहरुको श्रमजिवी ऐन अनुसारको पारिश्रमिक दिनु पर्ने जनाउनु भयो । उचित पारिश्रमिक दिन नसक्ने मिडिया हाउसहरु खोल्नुको कुनै औचित्य नरहेको उहाँले प्रष्ट पार्नु भयो । पत्रकारहरुले जुन मिडियामा काम गरे पनि मेहनतका साथ पेशालाई मर्यादित बनाउनु पर्ने समेत तर्क गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष डिलाराम भुषालले पत्रकारहरुको पेशागत सुरक्षाका लागि सरकार जिम्मेवार बन्नु पर्ने बताउनु भयो । पछिल्लो समयमा मिडिया खोल्ने क्रम बढेको र पत्रकारहरुको संख्या पनि वढ्दै गए पनि गुणात्मक हुन नसकेको उहाँले बताउनु भयो ।
असल पत्रकारीताले मात्र देश सोहि बाटोमा जाने हुदा पत्रकारहरुले मर्यादित पेशालाई कहिल्यै पनि भुल्न नहुने बताउनुभयो । नेपाल पत्रकार महासंघले असल पत्रकारीता गर्न समेत महासंघका सबै पत्रकारहरुलाई आग्रह गर्दै पत्रकारहरुको हक हित र संघलाई संस्थागत विकास गर्न आफु लागि पर्ने अध्यक्ष भुषालले प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै संघका केन्द्रिय पार्षद नन्दराम पौडेलले मिडियाको विकास सँगै अवसरहरु पनि सृजना भएको जनाउनुभयो । त्यस्तै एकोरावका पुर्व उपाध्यक्ष तुल्शीराम यादवले मिडियामा काम गर्ने पत्रकारहरुले जवाफदेहि तवरले काम नगरिदिदा मिडिया हाउसहरुलाई पनि समस्या हुने गरेको बताउनुभयो ।
पछिल्ला दिनमा राम्रो काम गर्ने पत्रकारलाई पारिश्रमिकमा समेत कुनै कन्जुस्याई नभएको समेत उहाँले औल्याउनुभयो । शाखा उपाध्यक्ष पार्वती पाण्डेको स्वागत एवं सचिव हरि अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
१७ चैत्र २०७४ शनिबार ००:००
0
Shares
प्रतिक्रिया