११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सभामुख महराको संचारकर्मीलाई यस्तो आग्रह



मायादेवी अनलाइन, काठमाण्डौं ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारिता क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ । सभामुख महराले समाज रुपान्तरणको अभियानलाई रचनात्मक ढंगले अघि बढाउन पनि संचारकर्मीहरुले आफ्नो मर्यादाको ख्याल गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको पनि स्मरण गराउनु भयो । सभामुख महराले अव संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा, विकास र प्रयोग गर्न उत्तिकै ध्यान दिने दायित्व संचारकर्मीहरुको काँधमा आएको पनि बताउनु भयो ।
सभामुख महराले नयाँ संविधानलाई समय सापेक्ष अघि बढाउन सबै क्षेत्रबाट रचनात्मक सहयोगको आवश्यक्ता रहेको पनि बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  ८ : ५७ बजे