४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रम ओलीको भारत भ्रमण अघि एकता असम्भव



मायादेवी अनलाइन, काठमाडौं ।
एमाले–माओवादी पार्टी एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नहुने भएको छ । दुवै पार्टीका अध्यक्षले छलफल तीव्र पारे पनि कार्यदलले समयमै काम नसक्दा एकता धकेलिएको हो ।
औपचारिक रूपमा घोषणा भइनसके पनि प्रधानमन्त्री केपी शर्मा ओली यहि चैत्र २३ गते देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीमा रहनुभएको छ ।
प्रधानमन्त्रीले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो भ्रमणअगाडि नै एकता टुंगो लगाउन प्रस्ताव गर्नुभएको थियो । अब कम्युनिस्ट पार्टीको स्थापना दिवस वैशाख ९ अर्थात (२२ अप्रिल) मा एकता हुने सम्भावना बढेको छ ।
माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वको अन्तरिम विधान बनाउन गठित कार्यदलले दुवै अध्यक्ष (ओली–दाहाल) लाई उक्त दिन एकताको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  ८ : ४९ बजे