मायादेवी अनलाइन, रुपन्देही ।
प्रदेश नं ५ को संसद बैठकमा बोल्ने विभिन्न सांसदहरुले आ आफ्नो धारणा राखेका छन । प्रदेशसभा सदस्यहरुले स्थानीय तहको सेवासुविधा देखि जातीय विभेदका विषय उठाएका थिए । बैठकमा प्रदेश नं ५ को स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयले पनि प्रवेश पाएको छ।
विहिबारको बैठकको शून्य समयमा बोल्दै कपिलवस्तुका प्रदेश सदस्य विष्णु पन्थीले मुख्यमन्त्रीदेखि प्रदेशसभाका सदस्यको मर्यादाक्रमका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँँले भन्नुभयो, “प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने विषयमा परिपक्व ‘होमवर्क’ गर्नुपर्छ ।” सदस्य जल्पा भुसालले प्रदेशको नामकरण अविलम्ब गरियोस् भन्ने माग गर्नुभयो ।
सदस्य पुष्पा थरुनीले थारु समुदायमा देखिएको रक्तअल्पतासम्बन्धी ‘सिकल्ससेल एनिमिया’ नामक रोगको निदान गरी न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य तुलसीप्रसाद चौधरीले कृषकलाई सहज ढंगले बीउबिजन र रासायनिक मल उपलब्ध गराउन आग्रह गर्नुभयो ।
१६ चैत्र २०७४ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया