११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

१३ करोड ५८ लाखको लागतमा १० तले भ्यू टावर



मायादेवी अनलाइन, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अग्लो र सुविधासम्पन्न भ्यू टावर बन्ने भएको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको १३ करोड ५८ लाख रुपैयाँ संयुक्त लगानीमा १० तलाको भ्यु टावर बनाउन लागेको हो । बिहीबार शिलान्यास गरिएको भ्यू टावर १ सय ३३ फिट अग्लो र भुंई तला ३ हजार ५ सय ९५ दशमलव ८९ वर्ग्फिटको हुने छ ।

भ्यू टावर भवन २ कठ्ठा क्षेत्रफलमा बन्ने छ भने विभिन्न पर्यटकीय पुर्वाधार र संरचनाहरु २ बिघा क्षेत्रफलमा बन्ने छन् ।

लिफ्ट सुविधासहित बन्ने भ्यू टावरमै सुविधायुक्त रेष्टुरांहरु र पर्यटक विश्राम गर्नरबास बस्न मिल्ने वातानुकूलित कोठाहरु, लाइब्रेरी लगायत संरचनाहरु बनाउने गरी डिजाइन गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  १ : ४७ बजे