४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जनमुक्तिको राष्ट्रिय भेला भैरहवामा हुँदै



भुवन पाण्डे, भैरहवा ।
राष्ट्रिय जनमुक्ति पार्टीको ११औँ राष्ट्रिय सम्मेलन भैरहवामा हुने भएको छ । विहिबार पार्टीको मुल आयोजक समितिले भैरहवामा पत्रकार सम्मेलन गरि चैत्र १७ देखि १९ सम्म भेला आयोजना गर्न लागेको जनाएको छ । भेलामा सात प्रदेश, ६३ जिल्ला, प्रवास शाखाहरुबाट ४५० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहनेछ । छिमेकी मुलुक भारत र चीनबाट पनि विशिष्ट पाहुनाहरु आउने जनाइएको छ ।
जनमुक्ति पार्टी देशका हरेक जातिहरु राज्यसत्ताको मालिक हुनुपर्ने मान्यता राखेकोले त्यसको संवैधानिक कार्यान्वयन गर्न भेला अर्थपूर्ण रहने अध्यक्ष केपी पालुङ्वाले बताउनुभयो ।
संघियताको नयाँ संरचनामा मुलुक गैसकेकोले भावी कार्यदिशा तय गर्ने भेलाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । संबिधान कार्यान्वयन गर्न ठूलो चुनौती रहेकोले असन्तुष्ट रहेका सबै जातजातिहरुको भावना अनुरुप संबिधान सम्सोधन आजको आवश्यकता हुने पालुङ्वाले बताउनुभयो ।
मुलुक नयाँ संरचनामा गएसँगै उत्पन्न समस्या, चुनौति र अवसरलाई ध्यानमा राख्दै पार्टीलाई नयाँ दिशामा अगाडि बढ्न सहयोग हुने उहाँको भनाई थियो । भेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिले जनाएको छ ।
विहिबार भेलाको अवसरमा बुटवलदेखि भैरहवासम्म मोटरसाइकल ¥यारी सम्पन्न भएको छ । चैत १७ गते उद्घाटन सभा भैरहवाका गणतान्त्रिक सभा गृहमा हुने छ । १८ र १९ गते बन्दसत्र र समापन सभा हुने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  १ : ४४ बजे