११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

२१ सय बढी प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट



सीताराम चौधरी, कृष्णनगर ।
कृष्णनगर प्रहरीले १ लाख १६ हजार ८सय ७५ रुपैयाँ बराबरको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष कुमार गैरेको कमाण्डमा खटिएको टोलीले मध्यराति कृष्णनगर नगरपालिका ३, झण्डीनगरबाट सो चल्ला बरामद गरेको हो । भारतबाट नेपाल भित्राइएका सत्र काटुनमा २१ सय २५ गोटा चल्ला बेवारिसे अवस्थाबाट बरामद गरिएको प्रहरी निरीक्षक गैरेले जानकारी दिए । प्रहरीको गस्ती टोलीलाई देखी भागेको उनले बताए ।
बरामद गरिएका चल्ला पशु क्वारेन्टाइनका प्रतिनिधि, कृष्णनगर नगरपालिका प्रतिनिधि, स्थानीय संचारकर्मीको रोहबरमा कृष्णनगर १, सुरही खोलामा लगी खाल्डो खनेर नष्ट गरिएको गैरेले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  १ : ३५ बजे