९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अनुहार चम्काउनु छ यसो गर्नुस ! (१२ घरेलु तरिका)



मायादेवी अनलाइन ।
अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ ।
१) दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ ।
२) डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।
३) एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४र५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।
४) अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।
५) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।
६) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।
७) काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
८) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
९) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।
१०) सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।
११) एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ।
१२) गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ । यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ । साभार-सन्जिना श्रेष्ठ,स्वास्थ्य खबरपत्रिका

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  ४ : ०१ बजे