मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर १२ लाई एक भब्य कार्यक्रम गरी बाल बिवाहमुक्त घोषणा गरिएको छ । बाल बिवाहमुक्तका लागि आवश्यक सबै सुचकहरु पालना गरिए पछि साबिक सौराहा गाबिस र अहिलको नगरपालिको वडा नम्बर १२ बाल बिवाहमुक्त घोषणा गरिएको हो ।
बाल बिवाहमुक्त भएको कपिलवस्तु नगरपाकिलो पहिले वडा हो । आज पुर्वमन्त्री तथा सांसद बृजेश कुमार गुप्ता र संयुक्त राष्ट्र संघ सिडो कमिटीकी सदस्य बन्दना राणाले पानसमा दीप प्रज्जवलन तथा ब्यानर उचालेर वडान नरबर १२ लाई बाल बिवाहमुक्त घोषणा गर्नुभएको थियो ।
सांसद गुप्ताले वडा नम्बर १२ लाई सामाजिक कुसंस्थाका रुपमा रहेको बाल बिवाहमुक्त घोषणा गरिएको खुशी ब्यक्त गर्नुभयोे । उहाले बाल बिवाहले बालबिलाकाहरुको धेरै कुरामा असर पर्ने भएकाले यस्ता कुराहरुलाइ हटाउदै जानु पर्ने बताउनुभएको छ ।
उहाले जिल्लालाईं नै बाल बिवाहमुक्त बनाउन सबैले हातेमालो गराउनुपर्ने पर्ने बताउनुभयो । साथी सस्थाकी अध्यक्ष बन्धना राणाले बालबिवाहमुक्त भएर वडा नम्बर १२ ले उदाहरणीय काम गरेको बताउनुभयो ।
प्रजिअ मदन भुजेलले बाल बिवाहमुक्तकालागि नगरपालिको पहिलो वार्ड बनेकामा बधाई ज्ञापन गर्नुभएको छ । उहाले अब सबैले मिलेर बालबिवाहलाई हटाउदै जानु पर्ने बताउनुभयो ।
बाल बिावहको अभियान हाल सम्म सुचक निर्धारण, तथ्याङ्क संकलन, बस्तीस्तरीय निगरानी समिती गठन र प्रशिक्षण, बिधालयस्तरीय निगरानी समिती गठन, प्रचारप्रसार, कानुनी सचेतना प्रवाह लगायतका कार्य गरे पछि यो उपलब्धी हासिल भएको वडाअध्यक्ष ओपप्रकाश पाण्डेयले बताउनुभयो ।
२ बर्ष अघि सम्म २३ प्रतिशतको हाराहारीमा रहेको वडामा अहिले ५ दशमलव ६३ प्रतिशतमा झरेको र एक बर्षयता बार्डमा कुनै बालबिवाह नभएको उहालेस्पष्ट पार्नुभयो ।
कुल ६ सय ७० घरधुरी रहेको वडामा ४ हजार ७१९ जनसंख्या रहेको छ । अध्ययनका क्रममा त्यसमध्ये २ सय ६६ ले बाल बिवाह गरेको पाईएको वडा सचिव मदन घिमिरेले बतानुभयो । उहाले ब्यक्तिगत घटना दर्ता गर्नेक्रम बढेको र एक बर्ष यता बाल बिवाह समेत नभएको दाबी गर्नुभयो । अभियानका क्रममा १३ वटा बाल बिवाह समेत रोकिएको उहाले बताउनुभयो ।
१५ चैत्र २०७४ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया