१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगा नगर कार्यपालिको १५ औं वैठक सम्पन्न



मायादेवी, कपिलवस्तु ।
वाणगंगा नगर कार्यपालिका कपिलवस्तुको १५ औं वैठक बसेको छ । नगरका मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा बसेको वैठकले विभिन्न निर्णय गरेको छ । बैठकले शिक्षा नियमावली २०७४ लाई पारित गर्ने निर्णय गरेको छ ।
त्यस्तै गरि उपभोक्ता समिति सञ्चालन सम्बन्धि कार्यविधि समेत पारित गर्ने निर्णय गरेको नगरका सञ्चार प्रवक्ता विष्णु पौडेलले जानकारी दिनु भयो । वैठकमा नगरका उपमेयर चक्रपाणी अर्याल, नगर शिक्षा अधिकारी रेश्मीराज अर्याल, शाखा अधिकृत लेख वहादुर बस्नेत, नगरका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  १२ : २६ बजे