११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कबनपा वडा नं. १२ बाल बिवाहमुक्त हुदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर १२ बाल बिवाहमुक्त घोषणा हुदैछ । बाल बिवाहमुक्तका लागि आवश्यक सबै सुचकहरु पालना गरिए पछि साबिक सौराहा गाबिस र अहिलको नगरपालिकाको वडा नम्बर १२ बाल बिवाहमुक्त हुन लागेका हो । भोली अर्थात चैत १५ गते वडा नम्बर १२ बाल बिवाहमुक्त घोषणा हुने वडा अध्यक्ष ओम प्रकाश पाण्डेयले बताउनुभयो ।

अभियान अन्र्तगत हाल सम्म सुचक निर्धारण, तथ्याङ्क संकलन, बस्तीस्तरीय निगरानी समिती गठन र प्रशिक्षण, बिद्यालयस्तरीय निगरानी समिती गठन, प्रचारप्रसार, कानुनी सचेतना प्रवाह लगायतका कार्य गरिएको पाण्डेयले जानकारी दिनुभयो ।

बाल बिवाहमुक्त घोषणाको लागि अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बाल बिवाहमुक्तका लागि नगरपालिको पहिलो वडा हुने गर्वको कुरा रहेको बताउनुभयो ।

मधेसी र मुस्लिमहरुको बाहूल्यता रहे पनि सो वार्ड बाल बिवाहप्रति सचेत रहनु राम्रो कुरा भएको उहाले बताउनुभयो । कुल ६ सय ७० घरधुरी रहेको वडामा ४ हजार ७१९ जनसंख्या रहेको छ । जसमध्ये २ सय ६६ ले बाल बिवाह गरेको पाईएको वडा सचिव मदन घिमिरेले बताउनुभएको छ । उहाले ब्यक्तिगत घटना दर्ता गर्नेक्रम बढेको र एक बर्ष यता बाल बिवाह समेत नभएको स्पष्ट पार्नुभयो ।

अभियानका क्रममा १३ वटा बाल बिवाह समेत रोकिएको उहाले बताउनुभएको छ । कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले वडा नम्बर १२ बाल बिवाहमुक्त हुन लागेको खुशी ब्यक्त गर्नुभयो । अन्य वडाहरुले समेत यसको सिको गनु पर्र्नेे उहाले बताउनुभयो ।

बालबिवाह मुक्त अभियान घोषणा कार्यमा साथी नामक संस्थाद्धारा सञ्चालित आस्था परियोजनाले प्राबिधिक र अन्य सहयोग गर्दै आएको छ । साथी संस्थाका संयोकज खग प्रासद चापागाईले सबैको प्रयास र सहयोगले वडा बाल बिवाहमुक्त हुन लागेको बताउनुभएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  १२ : १५ बजे