२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

कपिलवस्तुबाट हज जान ३ सय ६२ जनाको आवेदन



मायादेवी अनलाइन, तौलिहवा ।
मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुबाट यस बर्ष हजमा जानका लागि ३ सय ६२ जनाले आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत उनीहरुले हजयात्रामा जानको लागि आवेदन दिएका हुन् । यस बर्षको साउदी अरबको मक्का मदिनामा हज यात्राका लागि नयाँ २ सय १७ र गत बर्ष आवेदन दिएका १४५ जनाले पुन आवेदन दिएका हुन् । प्रशासनले हजमा जान इच्छुकहरुका लागि माघ १५ देखि फागुन ७ गते सम्म आवेदन दिनको लागि सूचना जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार यस बर्षको हज यात्राका लागि जान इच्छुक श्रद्धालुहरुको संख्या बढि भएको जनाएको छ । अहिले र पछिल्लो गरि ३ सय ६३ जना छन् । गत बर्ष कपिलवस्तुबाट १ सय ७९ जना हज यात्रामा साउदी गएका थिए । नेपाल मै सबै भन्दा बढी कपिलवस्तुबाट हज यात्राका लागि जाने गरेका छन् । गत बर्ष नेपालबाट १२ सय जना मुस्लिम श्रद्धालुहरु हज यात्रामा गएका थिए । केन्द्रिय हज समितिले गत बर्ष जान नपाएका ओबदकहरुलाई प्राथमितामा राखिएको जनाएको छ । जस अनुसार यस बर्ष पनि कपिलवस्तुबाट करिब २ सयको हाराहारीमा हजका लागि मक्का जान पाउनेछन् । मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरु नेपालमै सबैभन्दा बढी हुने गर्छन् । ‘ मुस्लिम धर्मावलम्बी धेरै भएको कपिलवस्तुलाई कोटमा अझ प्राथमिता दिनु पर्छ ’ मुस्लिम अगुवा अब्दुल रसिद खाले भन्नुभयो । उहाले गत ब र्ष २ सय कोटा थप हुदा कपिलवस्तुलाई जम्मा ८ वटा कोटा पाएको बताउनुभयो । गत बर्ष भन्दा जिल्लालाई थप कोटा हुनु पर्ने उहाको भनाई छ ।
गृह मन्त्रालय मातहत रहेको हज समितिले हजयात्री छनौट गर्ने काम ७ सदस्सीय कार्य सम्पादन समितिले गर्ने गर्दछ । पुराना आवेदक र ७५ वर्ष माथीकालाई प्राथमिकता दिनु पर्ने मुसिलम अगुवा अब्दुल रउफ खाँ ले बताउनुभयो । देश भरबाट हजयात्राका लागि २ हजार आवेदन परेका छ । आफनो जीवन कालमा कम्तीमा एक पटक हज यात्रामा जानु पर्ने मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख रहेको धार्मिक अगुवाहरु बताउछन । कुरान मै हज यात्रा गरेमा उसलाई जन्नत (स्वर्ग) प्राप्ती हुने विश्वासका कारण रमजानको पवित्र महिनामा विश्वभरबाट मुस्लिम धर्मावलम्बीहरु हजका लागि साउदी अरेबियाको मक्का मदिना जाने गर्दछन् । हज यात्रीहरुको पाप काटीने र धार्मिक पुन्यफल मिल्ने भएकाले आफनो जीवनकालमा कम्तीमा एक पटक मक्का मदिना जान मुस्लिमहरुको मुख्य इच्छा रहने गर्दछ ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  ११ : ५७ बजे