बिकास थापा, कपिलवतस्तु ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल कपिलवस्तुले बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुलाई ४२ सुत्रिय मागपत्र बुझाएको छ ।
मागपत्रमा मुख्यगरि भुमि सुकुम्बासी, अब्यवस्थित बसोबासी, मुक्त हरवा चरवा, ओर्गाईन, तरायल र बुक्रहीलाई लालपूर्जा दिलाउन माग छ । ८ नम्बरी ९ नमबरी आकँडा वला उखडावला, मिनाहाडिवला, ब्लकवला, अमानतिवला मुआब्जावाला सर्ताभर्नावला लगतकट्टीवला मोही तथा गुठिवलाहरुको बारेमा ध्यानाकर्षण गर्दै उनीहरुले हालसम्म जेजति जग्गा जोतभोक बासोबास गर्दै आएका छन ती सबै जग्गाहरुको नापी गरि अबिलम्ब लालपुर्जा पाउनका लगि जोडदार माग गरेको पार्टीका राष्ट्रिय अध्यक्ष डा. जबी शाहले जानकारी दिनुभयो ।
बिगतमा पनि राष्ट्रिय मुक्ति आन्दोलन नेपालले यस्तै माग पत्रहरु प्रस्तुत गरिरहदा पनि कुनै पनि सुनुवाई नभएकाले यसपालि माग सुनुवाई हुनेमा आफुहरु विश्वस्त रहेको शाहले बताउनुभयो ।
लालपूर्जा माग गर्दै लाो समय देखि अभियानको रुपमा रहनुभएका शाहको उपस्थितीमा आज गएको १ सय जनाको समुहले वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु समक्ष ज्ञापनपत्र बुझाएको बताइएको राष्ट्रिय मुक्ति आन्दोलन नेपाल कपिलवस्तुका सचिव पुनम गिरीले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थारुले प्रस्तुत मागहरु अध्ययन गरि आफुले सम्बन्धित ठाउँसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया