४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

महासंघले पार्टी सदस्यता बढाउने



मायादेवी अनलाइन, कपिलवस्तु ।
एमाले निकट नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघ कपिलवस्तुले पार्टीको सदस्यता विस्तारलाई तीव्र पार्ने भएको छ । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको एक भेलाले यस्तो निर्णय गरेको जिल्ला सदस्य पिताम्बर सिंजालीले जानकारी दिनुभयो ।
यस्तै भेलामा हालै सम्पन्न भएका तीन ओटै निर्वाचनमा नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघले खेलेको भूमिकाको बारेमा समिक्षा गरिएको थियो ।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पाख्रेलले दुई कम्युनिष्ट पार्टी बीचको एकता छिट्टै हुने बताउनुभयो । केन्द्रमा पार्टी एकता भएपछि जिल्ला स्तरमा पार्टी एकता हुने भएकोले सबै आ आफ्नो क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।
भेलामा एमाले बन तथा वातावरण विभागका केन्द्रिय सदस्य जञ्जिर प्रसाद थारु, पार्टी सचिव बाबुराम आचार्य, उपसचिव विश्राम प्रसाद थारु लगायतले बोल्नुभएको थियो ।
यस्तै भेलमा कूल बहादुर सोमै, राम मिलन थारु, फूल कुमारी श्रेष्ठ, बृन्दा गुरुङ लगायतले आ आफ्ना जातीय घटकको बारेमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४ बुधबार ००:००  ४ : ४२ बजे