जानु पाण्डे, गोरुसिंगे ।
गत साता बुद्धभूमि नगरपालिकाका कार्यालय अगाडि एउटा मिसिनले जमिन तलबाट माटो निकाली रहेको थियो । धेरैले सोचेको थिए सिंचाईको लागी बोडिंग गाडेको होला । मानिसहरु अचम्मका साथ हेरेका हुन्थे । त्यस्तै हेराई बुद्धभूमि २ गोरुसिंगेका व्यापारी राजन अधिकारीको पनि थियो । उनी अलमलमा परिरहेका थिए बाटोमा वोरिंग किन गाडन लागेको होला भनेर ।
फेसबुकमा एउटा पोष्ट आयो । “रेलमार्गको लागी माटो परिक्षण हुदै” फोटो पोष्ट भयो उनी अचम्म परे । उनी जस्ता धेरै मानिसको चासोको विषय वन्यो रेलमार्ग वन्ला त ?
नेपाल सरकारको महन्वपुर्ण योजना पुर्व पश्चिम मेचि महाकाली रेलमार्ग निमार्णको कामले गती लिएको छ । केपि ओली प्रथम पटक प्रधानमन्त्रि हुदा घोषणा गरेको रेलमार्गको काम विचमा गती लिन सकेको थिएन । घोषणा अनुरुप काम नहुँदा पटक पटक आलोचना हुने गरेको थियो । रेल कुदाउने घोषणाले पटक पटक हासोको पात्र वने पनी दोस्रो पटक प्रधानमन्त्री हुदा फेरी संयोगवस कामले गति लिएको छ ।
हाल प्रस्तावित रेलमार्गको माटो परिक्षणको काम अगाडी वढेको छ । रेलमार्गलाई विभिन्न प्याकेजमा काम गर्दै आएको रेल्वे विभागले प्याकेज १ अन्र्तगतको बुटवल लमही खण्ड अन्र्तगत ११० किमीमा काम अगाढी वढाएको छ । नेपालिहरुको सपना वनेको रेलमार्ग निमार्णको काम आखा अगाडी भईरहेको देख्दा धेरै आशा बादी भएको बुद्धभुमी नगरपालिका बडा नं. १ का बडा अध्यक्ष भेषराज शर्मा खनालले वताउनु भयो ।
प्याकेज १ अन्र्तगत विभिन्न स्थानमा माटो परिक्षण भई रहेको छ । सो खण्डको माटो परिक्षणको जिम्मा पाएको ई आर एम सि जिओ टेक्नीकल प्रा.लि.ले काम अगाडि वढाएको छ । माटो परिक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरीएको छ । पानी जम्ने खाल्टा नालाहरुमा ३०० मिटरमा गर्ने गरेको कालिंका ड्रिलिंग प्रा लि का प्राधिक शिवराम रिजालले बताउनु भयो ।
पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराईमा पुगी नमुना संकलन गरीएको छ । हामीले ठाउबाट नमुना संकलन गर्ने गरेका छौ । संकलित नमुनालाई परिक्षणका लागी काठमाण्डौ लागिने छ । नमुना संकलनका लागी रोटरी रिर्भस र जिओ कोर सिस्टम नामक २ यन्त्र प्रयोगमा ल्याएका छौ । रोटरी रिर्भस फराकिलो सडक भएको ठाउमा प्रयोग हुन्छ । यो वोरिंग खन्न समेत प्रयोग गरीन्छ । जियो कोर सिस्टम बन क्षेत्र र साधुरो बाटो भएका ठाउमा प्रयोग गरी माटो संकलन गरेको रिजालको भनाई थियो । एक महिना अगाडी चन्दौटाबाट सुरु गरेको शिवराज नगरपालिका र बुद्धभुमी नगरपालिकाको नमुना संकलन भई सकेको छ । बैसाख भित्र नमुना संकलनको काम पुरा हुने वताईएको छ ।
१४ चैत्र २०७४ बुधबार ००:००
0
Shares
प्रतिक्रिया