२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मातृभाषाको संरक्षण र विकास सरकारको पहिलो प्राथमिकता : मन्त्री बराल



अजय बर्मा, तौलिहवा ।
प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मातृभाषाको संरक्षण र विकास गर्ने प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । कपिलबस्तुको सदरमुकाम तौलिहवामा “मदरसा शिक्षा मुल प्रवाहीकरणका चुनौती र समाधानका उपायहरु बिषयक संवाद कार्यक्रम” मा मातृभाषाको संरक्षण र बिकासका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री बरालले बताउनु भएकोे हो ।
मन्त्री बरालले सरकार र जनताको बीचमा ठुलो दुरी रहेकाले अव उत्पीडन जनताको माँझमा सरकार पुग्ने बताउनुभयो । राजनीतिक स्थिरता सहित आर्थिक समृद्धि र समाजबाद निर्माण गर्ने सरकारको लक्ष्यलाई पुरा गर्न सरकार उत्पीडित जाती, समुदाय र वर्गको पहुँच पुग्ने गरी काम गर्ने बताउनुभयो ।
माओवादी केन्द्रका नेता समेत रहुन भएका मन्त्री बरालले सबै भाषाको संरक्षण गर्दै शिक्षाको मुलप्रवाहीकरणमा सामाजिक बिकास मन्त्रालय लागिपरेको बताउनुभयो । मन्त्रालयको शिक्षा, स्वास्थ्य, युवा खेलकुद, सस्कृति, श्रम रोजगार लगाएतका क्षेत्रको यस मन्त्रालयको जिम्मेवारी परेकाले शिक्षा क्षेत्रको मुल प्रवाहीकरणमा जोड दिने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले धार्मिक बिद्यालयलाई मुल प्रवाहीकरणमा ल्याउँदै साधारण शिक्षाको समकक्षी शिक्षा प्रवाह गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानीको बिषयमा तत्काल राजधानीको बिषयमा छलफल नचलेकाले न्यायोचित तवरले नै स्थायी रुपमा तोकिने बताएका छन् ।
कार्यक्रममा दर्ता भएका मदरसाले पाउने अनुदान रकम विभेदपूर्ण भएको भन्दै मुस्लिम जागरण मंच, कपिलवस्तुका अध्यक्ष मेराज खानले मदरसाको चलरअचल सम्पत्ति राज्यले संरक्षण गरी अभिलेख राख्ने गरी मदरसा मूलप्रवाहीकरण कार्यलाई अगाडि बढाउनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  २ : ५९ बजे