४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कांग्रेस बैठक- पार्टी नेतृत्व एकताबद्ध नहुँदा अनपेक्षित हार



मायादेवी अनलाइन, काठमाण्डौं ।
नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व एकतावद्ध नहुँदा निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताएका छन । निर्वाचनको समिक्षा गर्न आयोजित केन्द्रिय कार्य समितिको मंगलबारको बैठकमा बोल्दै नेपाली काँग्रेसका युवा नेताहरु डा. मिनेन्द्र रिजाल, बद्री पाण्डे, धनराज गुरुङ, हसन अन्सारी लगायतले पार्टी नेतृत्व एकतावद्ध नभएकै कारण पार्टीले निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेको धारणा राखेका हुन ।

उनीहरुले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन नसक्नु, पार्टीको भातृ संगठनहरुलाई निर्वाचनमा उचित ढंगले परिचालन गर्न नसक्नु पनि पार्टीले निर्वाचनमा हार व्यहोर्नु पर्नाका कारण रहेको बताएका थिए । युवा नेताहरुले पार्टीको नेतृत्व एकतावद्ध नहुँदा निर्वाचनमा हार व्यहोर्नु परेको धारणा राखेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । बैठकमा केन्द्रिय सदस्य गुरुङ र अर्का आमन्त्रित केन्द्रिय सदस्य अन्सारीले यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदन प्रति आपत्ति समेत जनाएका थिए ।

काँग्रेस केन्द्रिय कार्य समितिको शुक्रबारबाट जारी केन्द्रिय कार्य समितिको बैठक निर्वाचनको समिक्षामा केन्द्रित छ । बैठकमा पार्टीका संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप, प्रत्यारोप चलेको छ । पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको आरोप लगाएका छन भने संस्थापन पक्षले सभापति देउवाको बचाऊ गर्दै आएको छ । पार्टीका प्रवक्ता शर्माले बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजाने गरी ठोस नीति तय गर्ने दावी गर्नु भयो ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  ११ : १३ बजे