मायादेवी अनलाइन, सुनसरी ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत दुई नेपाली सेनाको ज्यान गएको छ । उनीहरु राति पृतनामा रहेको पोखरीमा अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको सैनिक प्रवत्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका बारेमा अध्ययन भइरहेकाले कसरी उनीहरुको निधन भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।
पृतनामा रहेको पोखरीमा उनीहरु किन गए र कसरी ज्यान गयो भनेर पूर्वी पृतना इटहरीले अहिलेसम्म केही खुलाएको छैन । ज्यान जानेमा दोलखबहादुर चन्द र भरत विक रहेको बताइए पनि पूर्वी पृतनाले भने अहिलेसम्म नाम खुलाएको छैन ।
१३ चैत्र २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया